काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) बढाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत गभर्नरले ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत र्पुयाएको बताएका हुन् ।
बजारलाई चाहिने यथेस्ट तरलता प्रवाह गरेर ऋणको ब्याज तल झार्न सीसीडी चलाइएको छ । बैंकर तथा ब्यवसायीले पटक पटक सीसीडी बढाउन आग्रह गरेका थिए।