साउन १७ गतेदेखि आन्तरिक हवाई सेवा सुचारु गराउन पर्यटन व्यवसायीको माग

<p>काठमाडाैं । पर्यटन व्यवसायीहरूले अगष्ट १ (साउन १७ गते) बाट आन्तरिक हवाई सेवा सुचारु गर्न माग गरेका छन् । नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन उनीहरुले उक्त माग गरेका हुन् । त्यस्तै, अगष्ट १५ (साउन ३१ गते) बाट अन्तर्राष्ट्रिय तालिकाका उडानहरु सुचारु गरिनुका साथै सीमा नाका समेत खोलिनु पर्ने उनीहरुको माग रहेको छ । पर्यटकीय [&hellip;]</p>

काठमाडाैं । पर्यटन व्यवसायीहरूले अगष्ट १ (साउन १७ गते) बाट आन्तरिक हवाई सेवा सुचारु गर्न माग गरेका छन् । नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन उनीहरुले उक्त माग गरेका हुन् ।

त्यस्तै, अगष्ट १५ (साउन ३१ गते) बाट अन्तर्राष्ट्रिय तालिकाका उडानहरु सुचारु गरिनुका साथै सीमा नाका समेत खोलिनु पर्ने उनीहरुको माग रहेको छ ।

पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनुपर्ने छ ।

व्यवसायीहरुले बिहिबार विज्ञप्ती जारी गर्दै लाखाैंकाे राेजगारी गुमेकाे र खरबाैंकाे लगानी संकटमा परेकाे भन्दै साे माग गरेका हुन् ।

Share News