५ लाख रूपैयाँ घुस सहित मेयरकाे छाेरा पक्राउ

<p>काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित सिरहा कल्याणपुर नगरपालिका मेयर सूर्यनाथ मण्डलका छोरा लगायत दुईजनालाई रङ्गेहात पक्राउ गरेको छ। अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको अख्तियारको टोलीले लाहान २२ स्थित राजदेवी चोकबाट कमिसन लेनदेन गरिरहेकै बेला मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र सहयोगी जितेन्द्र महतोलाई पक्राउ परेका हुन्। अख्तियारका डिएसपी मधुकुमार [&hellip;]</p>

मेयर सूर्यनाथ मण्डल

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित सिरहा कल्याणपुर नगरपालिका मेयर सूर्यनाथ मण्डलका छोरा लगायत दुईजनालाई रङ्गेहात पक्राउ गरेको छ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको अख्तियारको टोलीले लाहान २२ स्थित राजदेवी चोकबाट कमिसन लेनदेन गरिरहेकै बेला मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र सहयोगी जितेन्द्र महतोलाई पक्राउ परेका हुन्।

अख्तियारका डिएसपी मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो दुबैलाई रङ्गेहात पक्राउ गरेको हो। कल्याणपुरका मेयर मण्डलले नगरपालिकाको डिपिआर गर्ने ब्यक्तिसँग भुक्तानी गरिदिए बापत ५ लाख रुपैयाँ घुस माग्दै आएका थिए। सो रकम लिन मेयरले आफ्नो छोरा सन्त मण्डललाई लाहान पठाएका थिए। लेनदेन गरिरहेकै बेला अख्तियार टोलीले मेयरका छोरालाई घुस रकमसहित पक्राउ गरेको थियो। घटनामा मेयर समेत तानिन सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।

अख्तियारले मेयरका छोरा सन्त कुमार मण्डललाई एक लाख र सँगै आएका निजका छोराको साथी जितेन्द्र महतोलाई चार लाख गरी जम्मा पाँच लाख घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा  नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

Share News