भोलिदेखि काठमाडौं उपत्यकाका ८ रुटमा साझाका २६ बस चल्ने

<p>काठमाडौं । बिहिबारदेखि काठमाडाैं उपत्यकाकाे ८ रुटमा साझाकाे गाडी चल्ने भएकाे छ । सुरक्षा विधि अप्नाउँदै साझाले काठमाडाैं उपत्यकाकाे ८ रुटमा गाडी चलाउने निर्णय गरेकाे हाे । साझाकाे पहिलाे रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क र दाेस्रो रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ रहेकाे छ । यस्तै तेस्रो रुट गोदाबरी, लगनखेल हुँदै रत्नपार्क र चाैथाे रुट लामाटार, लगनखेल हुँदै रत्नपार्क रहेकाे [&hellip;]</p>

काठमाडौं । बिहिबारदेखि काठमाडाैं उपत्यकाकाे ८ रुटमा साझाकाे गाडी चल्ने भएकाे छ । सुरक्षा विधि अप्नाउँदै साझाले काठमाडाैं उपत्यकाकाे ८ रुटमा गाडी चलाउने निर्णय गरेकाे हाे ।

साझाकाे पहिलाे रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क र दाेस्रो रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ रहेकाे छ ।

यस्तै तेस्रो रुट गोदाबरी, लगनखेल हुँदै रत्नपार्क र चाैथाे रुट लामाटार, लगनखेल हुँदै रत्नपार्क रहेकाे छ । साझाकाे पाँचाै‌ं रुट लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट र छैठाै‌ं रुट लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क रहेकाे छ ।

यसका साथै साताैं रुट रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु र आठाैं रुट रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेकाे छ ।

Share News