देवः विकासलाई प्राप्ती गरी कुमारी बैंकले शुरु गर्यो एकीकृत कारोबार

<p>काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा)ले संयुक्त रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा)ले संयुक्त रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

यससँगै कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप १२४ अर्ब, कूल कर्जा प्रवाह ११२ अर्ब रुपैयाँ तथा सेयर पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

यस पश्चात् बैंक पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखारएटिएम विस्तारित तथा बैंकिङ्ग सेवासुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्ध रहेको जानकारी गराएको छ ।

Share News