काठमाडाैं । सुन हालसम्मकै उच्च मूल्यमा काराेबार भइरहेकाे छ । आइतबार प्रतितोला ९२ हजार १ सय रूपैयाँमा काराेबार भएकाे सुन साेमबार प्रतिताेला ९२ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।
साेमबार प्रतिताेला ९१ हजार ८ सय ६५ रूपैयाँ काराेबार भएकाे तेजावी सुन आइतबार प्रतिताेला ९१ हजार ६ सय ६० रूपैयाँमा काराेबार भएकाे थियाे ।
आइतबार प्रतिताेला ९ सय ८० रूपैयाँमा काराेबार भएकाे चाँदी १० रूपैयाँ बढेर ९ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।