अब नबिल बैंकका ग्राहकको हरेक काम घरबाटै, सुरु भयो ‘नबिल डिजी बैंक’

<p>काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा नबिल डिजि बैंकको सुभारम्भ गरेको छ । वर्तमान डिजिटल प्रविधिको माग र ग्राहकलाई डिजिटल प्रविधिमा संलग्न गराउने उद्धेश्यका साथ नबिल डिजिटल बैंक योजना सुभारम्भ गरेको हो । बैंकले आफुलाई पुर्ण रुपमा डिजिटल रुपमा सञ्चालन गर्न र ग्राहकमा डिजिटल माध्यमबाट नै वित्तीय साक्षरता बढाउने उद्धेश्यका साथ [&hellip;]</p>

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा नबिल डिजि बैंकको सुभारम्भ गरेको छ । वर्तमान डिजिटल प्रविधिको माग र ग्राहकलाई डिजिटल प्रविधिमा संलग्न गराउने उद्धेश्यका साथ नबिल डिजिटल बैंक योजना सुभारम्भ गरेको हो ।

बैंकले आफुलाई पुर्ण रुपमा डिजिटल रुपमा सञ्चालन गर्न र ग्राहकमा डिजिटल माध्यमबाट नै वित्तीय साक्षरता बढाउने उद्धेश्यका साथ साे योजना सुभारम्भ गरेको बताएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आइतबार वेबिनार कार्यक्रम मार्फत उक्त सेवाको सुभारम्भ गरेका हुन् । उनले बजारको मागलाई मध्येनजर गर्दै नबिल बैंकले नबिल डिजी बै‌ंङ्ककाे योजना ल्याएको बताए ।

‘डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छु,  बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो त्यसलाई आधार मानेर हामी अगाडि बढिरहेका छौं, उनले भने ।

‘बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजिी बैंकमा जानेछ, उनले भने ।

बैंकको पहुँचमा नभएका तथा बैंकभन्दा टाढा रहेका ग्राहलाई मध्येनजर गर्दै र बैंकको लागत घटाएर त्यसको फाइदा ग्राहकलाई दिने मुख्य उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको डिजि बैंकका प्रमुख विनय रेग्ग्मीले बताए ।

ग्राहकले बैंकमा गर्ने हरेक कारोबार र सेवाहरु डिजिटल माध्यमाटै गर्ने उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको उनको भनाई छ । संसारमा बैंकिङ सम्बन्धि पाइने प्रविधि ल्याएर सो सेवाहरु ग्राहकलाई दिने बै‌ंककाे याेजना छ ।

रेग्मीले ग्राहकले पाउने डेबिट क्रेडिट कार्ड पनि डिजिटलको माध्यमबाटै पाउने बताए । उनले ग्राहकमा डिजिटल सम्बन्धि सचेतना दिने खालका कार्यक्रम पनि गर्दै जाने योजना रहको बताए ।

नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेको उनले बताए । बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ ।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने बैंकले जनाएको छ ।

अहिले पनि डिजिटल माध्यमबाट ग्राहकको काम भइरहेको भएपनि अब द्रुत र उच्च प्राथमिकताका साथ डिजी बैंकमार्फत काम हुने बैंकले बताएको छ ।

Share News