ट्रम्प पहिलो पटक मास्कमा सार्वजनिक, उनले भने, ‘हरेक चीजको समय र ठाउँ हुन्छ’

<p>काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलाे पटक सार्वजनिक रुपमा मास्क लगाएर देखा परेका छन् ।  ट्रम्पले वासिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमण गर्दा तथा घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटे । यस अघि ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गरेका थिए । उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्द जो बिडेनलाई अनुहारको मास्क लगाएकोमा गिज्याएकाे [&hellip;]</p>

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलाे पटक सार्वजनिक रुपमा मास्क लगाएर देखा परेका छन् ।  ट्रम्पले वासिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमण गर्दा तथा घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटे ।

यस अघि ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गरेका थिए । उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्द जो बिडेनलाई अनुहारको मास्क लगाएकोमा गिज्याएकाे थिए ।

शनिबार व्हाइट हाउस छोड्ने बेला ट्रम्पले मास्क लगाएका थिए । उनले भने, ‘अस्पतालमा जहाँ तपाई धेरै मानिसहरूलाई भेट्नुहुन्छ, तपाईले मास्क लगाउनु पर्ने हुन्छ ।’

ट्रम्पले भने, ‘म कहिले मास्क लगाउनेको विरुद्धमा थिइनँ । तर मलाई लाग्छ हरेक चीजको समय र ठाउँ हुन्छ ।’  कोरोना महामारीले अमेरिकामा सताएपछि ट्रम्प सार्वजनिक रूपमा मास्क लगाएको यो पहिलो पटक हो । (बीबीसीकाे सहयाेगमा)

Share News