बाउन्स चेक काटेका चित्रकारलाई साढे ६ लाख र सुवाललाई १० लाख जरिवाना

<p>काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने सुनिता चित्रकार र मनोजलाल सिंह सुवाललाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ । अदालतले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । काठमाडौं ताम्सिपाखाकी ४८ वर्षे उनलाई असार २५ गते स्वयम्भूबाट पक्राउ गरिएको हो । त्यस्तै, सुवाललाई ७ दिन कैद र [&hellip;]</p>

काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने सुनिता चित्रकार र मनोजलाल सिंह सुवाललाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ ।

अदालतले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । काठमाडौं ताम्सिपाखाकी ४८ वर्षे उनलाई असार २५ गते स्वयम्भूबाट पक्राउ गरिएको हो ।

त्यस्तै, सुवाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सुनाएको हो । कलंकीका ४९ वर्षे सुवाललाई अदालतको टोलीले असार २६ गते रविभवनबाट पक्राउ गरिएको हो ।

उनीहरुले आफ्नो खातामा प्रयाप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालाहरलाई झुक्याउन विभिन्न बैंकहरुको चेक काटेर दिएपछि उनीहरु विरुद्ध बैंकिङ् कसुर मुद्दा दायर भएको थियो ।

Share News