कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण

<p>काठमाडौं । कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन अर्थात शुक्रबार र शनिबार बन्द हुने भएको छ । बैंकले डाटा माइग्रेशन गर्नको लागि असार २६ गते र २७ गते दुई दिन सबै बैंकिङ् सेवा बन्द गर्न लागेको हो । देवः विकास बैंकलाई प्राप्ती गरेको यस बैंकले असार २८ गते आइतबारदेखि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन अर्थात शुक्रबार र शनिबार बन्द हुने भएको छ । बैंकले डाटा माइग्रेशन गर्नको लागि असार २६ गते र २७ गते दुई दिन सबै बैंकिङ् सेवा बन्द गर्न लागेको हो ।

देवः विकास बैंकलाई प्राप्ती गरेको यस बैंकले असार २८ गते आइतबारदेखि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले डाटा माइग्रेशन गर्न लागेको हो ।

साथै, डाटा माइग्रेशनको तयारीको लागि एटीएम, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ्ग लगायतका सबै डिजिटल कारोबारहरु उक्त दुई दिन बन्द हुने बैंकले जानकारी गराएको छ ।

Share News