भाडा तिर्न नसकेर सिभिल मलका व्यवसायी तनावमा

<p>काठमाडाैं । कोरोनाको संक्रमण बढेसँगै व्यापार पनि ठप्प भइरहेको बेला काठमाडामौ सञ्चालित सिभिल मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई भाडा तिर्न पनि समस्या देखिएको छ । लामो समयदेखि मलमा व्यवसाय गर्दै आएका उनीहरुको व्यवसाय ठप्प भएसँगै घरभाडा तिर्न पनि समस्या भएको गुनासो गरेका छन् । लामो समयदेखि मल सञ्चालक र व्यवसायीहरुबीच भाडा छुट गर्ने बारे छलफल भएपनि [&hellip;]</p>

काठमाडाैं । कोरोनाको संक्रमण बढेसँगै व्यापार पनि ठप्प भइरहेको बेला काठमाडामौ सञ्चालित सिभिल मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई भाडा तिर्न पनि समस्या देखिएको छ । लामो समयदेखि मलमा व्यवसाय गर्दै आएका उनीहरुको व्यवसाय ठप्प भएसँगै घरभाडा तिर्न पनि समस्या भएको गुनासो गरेका छन् ।

लामो समयदेखि मल सञ्चालक र व्यवसायीहरुबीच भाडा छुट गर्ने बारे छलफल भएपनि अझै सम्म त्यसको टुङ्गो भने लाग्न सकेको छैन । सञ्चालक पक्षले समय समयमा भाडा तिर्न भने पनि उनीहरुले भाडा तिर्न सकिरहेका छैनन् ।

सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरले सञ्चालक र वयवासयीबीच भाडा छुट गर्ने कुरा विभिन्न समयमा भएपनि अहिलेसम्म निश्कर्षमा नपुगेको बताए । अन्तिमसम्म पनि यसको निश्कर्ष हुन नसके आफुहरु सञ्चालकसमक्ष तालाचावी बुझाउन बाध्य हुने उनले बताएका छन् ।

व्यवसायी के खाने र जीवन के धान्ने भन्ने अवस्थामा बैंकले पनि ऋण नदिने र सरकारले पनि कुनै राहत नदिएको बेला आफुहरुले सञ्चालकसमक्ष छलफल गरको तर अहिले सम्म कुनै निश्कर्ष नभएको उनले बताए ।

‘हामीले सञ्चालक सँग यो शुन्य समयको भाडा हामी तिर्न सक्दैनौं भनेका थियौं, उनीहरुले पनि लकडाउन अवधिको भाडा ५० प्रतिशत छुट गर्न सक्छौं भनेका थिए तर सबै भाडा असार २५ गतेभित्र तिरिसक्नु पर्छ भन्ने उनीहरुको भनाई थियो, हामीले त्यो समय भित्र भाडा तिर्न सकेनौं, अहिले दवाव आएको छ, पैसा होइन हामीसँग भएको सम्पत्ति यही पसल हो भनेर ताला जावी बुझाउने मनासायमा छौं, उनले भने ।

अझै पनि यसको बारेमा छलफल भइरहेको छ उनको भनाई छ । अहिले सिभिल मलमा १ सय ६० पसल र त्यही अुनुसार पनि कामदार पनि रहेको उनले बताए । सबै व्यापारीको मुद्दा उठेको उनको भनाई छ ।

कोरोना महामारीसँगै आर्थिक संकट पनि भइरहेको बेला सरकारले पनि कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । अर्बौंको लगानी गरेर सिभिल मलमा व्यवसाय गर्दै आएका उनीहरु आर्थिक जोखिमा परेसँगै अत्तालिएका छन् ।

Share News