नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

<p>काठमाडौं । थप सात दिनसम्मका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी पंक्तिलाई बाढी पहिरोको बेला राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाकाे स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित भएकाे हाे । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर [&hellip;]</p>

काठमाडौं । थप सात दिनसम्मका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी पंक्तिलाई बाढी पहिरोको बेला राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाकाे स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित भएकाे हाे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् । स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।

Share News