काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”लाई नेप्सेमा सूचिकृत गर्ने सम्बन्धी सम्झौता गरेको छ । विहीबार आयोजित एक विशेष समारोहकाबीच एक समझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले उक्त सूचिकरण हस्ताक्षर गरेका हुन् ।
अब उपरान्त उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ । २ अर्ब ५० करोड बराबरको (१ हजार रुपैयाँ अंकितमूल्यका २५ कित्ता) “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” मिति २०७६/११/२० गतेदेखि २०७६/१२/४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो ।
सोहीबीच नेपाल राष्ट्र बैंकको नीतिलाई शिरोधार्य गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाईप्राप्ति गरीमिति २०७७ सालअसार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्तिपश्चात बैंकको कुलशाखा १०९ पुगेको छ । प्राप्तिपश्चात बैंकको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।