प्रहरी महानिरीक्षक थापाले कार्यभार सम्हाले

<p>काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार पदबहाली गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेका हुन्। प्रहरी महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए। प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी [&hellip;]</p>

काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार पदबहाली गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेका हुन्।

प्रहरी महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका छन्।

Share News