काठमाडाैं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।
बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको बताइएकाे छ । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि दुई अध्यक्ष विगत केही दिनदेखि निरन्तर वार्तामा छन्। आजको वार्ता पनि त्यसैको निरन्तरता भएको बताइएको छ।
दुई अध्यक्ष तीन दिनदेखि वान अन वन वार्तामा छन् । प्रचण्डले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने अडानमा छन् । प्रधानमन्त्री राजीनामा बाहेकका विषयमा सहमति खोज्न तयार रहेको बताउँदै आएका छन् ।