गोकर्णेश्वरमा रु एक अर्ब ८७ करोडको बजेट

<p>काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि रु एक अर्ब ८७ करोडको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम र बजेटमा नगर सभा [&hellip;]</p>

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि रु एक अर्ब ८७ करोडको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम र बजेटमा नगर सभा सदस्यले आफ्ना विचार सहित छलफल गरेपछि पारित हुने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानालेलाई जानकारी दिए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य एवं शिक्षा क्षेत्रका लागि उच्च प्राथमिकता दिने, घरभाडा करमा ५० प्रतिशत छुट, संस्थागत विद्यालयका विद्यार्थीलाई पनि पुस्तक खरिदमा ५० प्रतिशतसम्म छुट दिने लगायत विषय समावेश गरिएको छ ।

नगरसभाको चौँथो बैठक उद्घाटन समारोहमा काठमाडौँ क्षेत्र नं. ३ का सांसद कृष्ण राईले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वयमा काम हुनुपर्नेमा जोड दिए । वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन, महामारीको जटिल परिस्थितिमा अत्यावश्यक सेवाका चीजबीज लगायत जनजीवन सामान्य बनाउने दिशामा स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । रासस

Share News