गोदावरीको बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार

<p>काठमाडौं । गोदावरीको साताैँ नगरसभामा आज आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ६८ करोड ६५ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु २० करोड २८ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटतर्फ रु १० करोड ९६ लाख ५७ हजार २९०, प्रदेश [&hellip;]</p>

काठमाडौं । गोदावरीको साताैँ नगरसभामा आज आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ६८ करोड ६५ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु २० करोड २८ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटतर्फ रु १० करोड ९६ लाख ५७ हजार २९०, प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँटतर्फ रु चार करोड १२ लाख ५० हजार, मालपोत राजस्व बाँडफाँटतर्फ रु २० करोड छ लाख ४२ हजार ७१०, सर्शत अनुदानतर्फ रु ६० करोड २९ लाख ७२ हजार, चालू आवको आय रु ३५ करोड रहेको गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

यसैगरी नगरपालिकाको चालूतर्फ रु ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पुँजीगत नगरस्तरीय योजनातर्फ रु ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ रु १४ करोड र चालू आवको साविक योजनाका लागि रु २० करोड गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजार व्यय रहेको उहाँले जानकारी दिए ।

Share News