संसदमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै

<p>काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन् । आज संसद बैठक बीक मध्याह्न १२ बजे बस्दै छ । उक्त बैंठकमा हालसम्म उठेका प्रश्नहरुको जवाफ ओलीले दिने छन् । प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई [&hellip;]</p>

काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन् । आज संसद बैठक बीक मध्याह्न १२ बजे बस्दै छ । उक्त बैंठकमा हालसम्म उठेका प्रश्नहरुको जवाफ ओलीले दिने छन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार २ दिनसम्म छलफल भएको थियो ।

Share News