
काठमाडौं । आगामी जेठ ६ गते वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन् । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको दिउँसो १ बजे सिंहदरबारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
जस अनुुसार यहि जेठ ४ र ५ गते २ दिन छलफल हुने, सम्पुर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, माननीयहरुलाई पहिले आफु बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने छ । जेठ ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेगरी व्यबस्था गर्ने निर्णय भएको हो ।
उक्त बैठकमा शुक्रबार संसदमा प्रस्तुत नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सञ्चानलका विषयमा केन्द्रीत भएको थियो ।