सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट

<p>काठमाडौं । सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । हालको लकडाउनको अवस्थामा आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने उद्देश्यले बैंकले उक्त व्यवस्था गरेको हो । यससँगै, बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोगगरी सामान खरिद गर्ने [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । हालको लकडाउनको अवस्थामा आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने उद्देश्यले बैंकले उक्त व्यवस्था गरेको हो ।

यससँगै, बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोगगरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ ।

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ् सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

Share News