काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण विश्वभर तीव् रूपमा फैलिरहेकाे छ । काेराेना भाइरस लागेर निकाे भएर जाने सँसँगै संक्रमित हुनेकाे संख्या पनि दैनिक बढ्दै गएकाे छ ।
सार्क देशहरूमा सबैभन्दा बढी भारतमा छ । पछिल्लाे समय भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाे छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको जोखिम कम गर्न भारतमा झण्डै एक महिनादेखि लकडाउन जारी छ। तर संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। भारत जस्तै दक्षिण एशियाली अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको छ।
पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यस्तै, बंगलादेशमा ३ हजार ७ सय ७२ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२० जनाको मृत्यु भएको छ।
अर्को दक्षिण एशियाली देश अफगानिस्तानमा १ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जनाले ज्यान गुमाएका छन्। श्रीलंकामा अहिलेसम्म ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी माल्दिभ्समा ८६, नेपालमा ४२ र भुटानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।