ज्योति लाइफ इन्स्योरेन्सले कोरोना कोषमा जम्मा गर्यो साढे ७ लाख रुपैयाँको चेक

<p>काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथामको लागि ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ । इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो मात्राको सहयोग गरेको हो । नेपाली नागरिकलाई स्तरिय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अहोरात्र खट्ने स्वास्थ्यकर्मी [&hellip;]</p>


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथामको लागि ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ । इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो मात्राको सहयोग गरेको हो ।

नेपाली नागरिकलाई स्तरिय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनार्थ उक्त सहयोग गरेको हो ।

Share News