
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा २५ लाख ६० हजार ७ सय १९ रुपैयाँ सहयोगको गर्ने निर्णय गरेको छ ।
संघीय सरकारले स्थापना गरेको कोषमा गर्ने यो सहयोग सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको तर्फबाट ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट उक्त रकम जम्मा गरिने निर्णय भएको हो ।
यसका अतिरिक्त तत्कालका लागि संस्थाले विपन्न तथा पिडित वर्गहरुका लागि राहत स्वरुप विभिन्न स्थानीय स्तरहरुमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने समेत जानकारी गरिन्छ ।