नगद लाभांश सेयरधनीकै बैंक खातामा जम्मा गराउने काम जटिल–मर्चेण्ट बैंकर

<p>काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था मिलाउन दिएको निर्देशनप्रति मर्चेण्ट बैंकरले असन्तुष्ठि जनाएका छन् । नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रविण रमण पराजुलीले सेयरधनीको नगद लाभांश तत्काल बैंक एकाउण्टमा जम्मा गर्ने व्यवस्था कार्यान्वयनका लागि जटिल रहेको बताए । ‘सेयरधनीको [&hellip;]</p>

काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था मिलाउन दिएको निर्देशनप्रति मर्चेण्ट बैंकरले असन्तुष्ठि जनाएका छन् ।

pravin_raman_parajuliनविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रविण रमण पराजुलीले सेयरधनीको नगद लाभांश तत्काल बैंक एकाउण्टमा जम्मा गर्ने व्यवस्था कार्यान्वयनका लागि जटिल रहेको बताए । ‘सेयरधनीको नगद लाभांश उनीहरुकै बैंक खातामा जानु राम्रो हो तर हामीसँग डाटाबेस राम्रो नभएकाले कार्यान्वयनमा समस्या छ’ पराजुलीले भने ।

उनले गतिलो तथ्यांकको अभाव भएको र सबै लगानी कर्ताको बैंक खाता समेत नहुने भएकाले खातामै नगद लाभांश पठाउने काम सहज नभएको बताए । सबै वित्तिय संस्थाहरुमा फाइल बोकेर जाने अवस्था नभएकाले पनि उक्त व्यवस्था कार्यान्वयनमा जटिलता रहेको उनको भनाई छ । ‘सबै संस्थासँग समन्वय गर्नु पर्छ, त्यो कठिन छ’ पराजुलीले भने ।

bikashnews.com

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयरधनीहरुको लागत संकलन गरिरहेको र सो लागत आएपछि मात्रै सेयर धनीको बैंक खातामै नगद लाभांश जम्मा गर्न सकिने उनको भनाई छ ।

bikashnews.com

तर सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सेयर धनीकै खातामा नगद लाभांश जम्मा गराउने व्यवस्था तत्काल कार्यान्वयन आवश्यक रहेको बताए ।‘बोर्डले दिएको निर्देशन अत्यन्तै सकारात्मक छ, त्यसको कार्यान्वयन गर्नु पर्छ, हामी तयार छौं ’ दाहालले भने ।

केहि बैंक तथा वित्तिय संस्थाहरुमा रहेको एबिबिएस(एनि ब्राञ्च बैंकिङ सर्भिस) चार्जका कारण आउन सक्ने समस्या समाधानका लागि  पनि बैंकर संघ तयार रहेको उनले बताए । ‘एबिबिएस चार्जले केहि समस्या ल्याउन सक्छ तर हामी बैंकरहरु त्यसको समाधानका लागि तयार छौं, सेयर धनीकै खातामा नगद लाभांश जम्मा हुने व्यवस्थाको कार्यान्वयन जरुरी छ ।’ दाहालले भने ।

सेयर बजारलाई प्रबिधी र लगानी कर्ता मैत्री बनाउन पनि सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा गराउने व्यवस्था अत्यावश्यक रहेको उनको भनाई छ ।

rabindra-bhattaraiउता, सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले सेयर धनीको खातामै नगद लाभांश जम्मा गराउने व्यवस्थासँग मर्चेण्ट बैंकरहरुको सम्बन्ध नरहेको बताए । सेयर धनीकै खातामा नगद लाभांश जम्मा गराउने व्यवस्था सूचिकृत कम्पनीसँग सम्बन्धीत रहेकाले मर्चेण्ट बैंकरले टाउने दुखाउनु नपर्ने विश्लेषक भट्टराईको भनाई छ । ‘बोर्डले निर्देशन सूचिकृत कम्पनीलाई दिएको हो, मर्चेण्ट बैंकर भनेको बिचमा काम गर्ने निकाय हो, बोर्ड र सूचिकृत कम्पनीका बिचमा सहमति भएको बिषयमा मर्चेण्ट बैंकरले भाँजो हाल्नु हुन्न ।’ भट्टराईले भने ।
नेपाल धितो पत्र बोर्डले फागुन ६ गते निर्देशन जारी गर्दै सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था कार्यान्वयन गर्न भनेको थियो । तर मर्चेण्ट बैंकरहरु भने सो निर्देशन प्रति असन्तष्ठ रहेको श्रोत बताउँछ । श्रोतका अनुसार बैंक खातामै नगद लाभांश जम्मा हुने व्यवस्था कार्यान्वयन गर्दा मर्चेण्ट बैंकरको आम्दानी घट्ने भएकाले उनीहरु सो व्यवस्थाको विपक्षमा छन् ।

Share News