गरिमा विकास बैंकले प्रत्येक प्रदेशलाई दियो ५/५ लाख रुपैयाँ

<p>काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरस सङक्रमण रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिएको छ । विकास बैंकले सरकारले स्थापना गरेको कोषमा सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि ५ लाखको दरले कूल ३५ लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको हो । यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिने संस्थाले जनाएको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरस सङक्रमण रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिएको छ ।

विकास बैंकले सरकारले स्थापना गरेको कोषमा सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि ५ लाखको दरले कूल ३५ लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको हो ।

यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।

विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ स्थापना गरेको हो ।

Share News