काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त सहयोग गरेको हो ।
सो कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा उक्त रकम जम्मा गरेको संस्थाले जनाएको छ ।
यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महाभारी रुपमा फैलिँदै गएको कोरोना भाईरस(कोभिड १९) संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमण पीडितहरुको उपचारमा थोरै भए पनि सहयोग पुग्ने संस्थाले जनाएको छ ।