स्टक ब्रोकर्स एशोसिएसनको सेवा बन्द

<p>काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले चैत ९ गते(आइतबार) देखि आफ्नो सेवा बन्द गरेको छ । एशोसियसनले सरकारको निर्णयलाई पालना गर्दै आजदेखि आगामी चैत २१ गतेसम्म सेवा बन्द गर्न लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसपछि शनिबार बसेको [&hellip;]</p>

काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले चैत ९ गते(आइतबार) देखि आफ्नो सेवा बन्द गरेको छ । एशोसियसनले सरकारको निर्णयलाई पालना गर्दै आजदेखि आगामी चैत २१ गतेसम्म सेवा बन्द गर्न लागेको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसपछि शनिबार बसेको ब्रोकर एसोसिएसनको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गर्ने सहमति गरसँगै चैत ९ गते अर्थात आजदेखि उक्त सेवा बन्द गरिएको एशोसिएसनको महासचिव धर्मराज सापकोटाले बताएका छन् ।

अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) र सिडिएस एण्ड क्लियरिङको थप निर्देशन अनुसार अघि बढ्ने महासचिव सापकोटाले बताए ।

Share News