हेराल्ड कलेजले सम्पन्न गर्यो पहिलो दिक्षान्त कार्यक्रम

<p>काठमाडौं । हेराल्ड कलेज काठमाडौंले बुधबार पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना विद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका छन् । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सह उपकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा [&hellip;]</p>

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले बुधबार पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना विद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका छन् ।

दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सह उपकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । साथै, हेराल्ड कलेजलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्नेछ ।

‘विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने गरिन्छ ।’ उनले भने– ‘उभ्धरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन् ।’

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ठ मानिन्छ । कलेजले चारवर्षे ब्याचलर अफइन्टरनेशल विजनेश म्योजमेन्ट र तीन वर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ ।

आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको छ । उनले आइएनजी ग्रुप अन्तर्गत संचालित पाच वटा कलेजले करिब ५०० युवालाई रोजगारी दिँदै आएको जानकारी गराउँदै सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गरेका छन् ।

ती संस्थामा अध्ययनरत मध्ये करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पुर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको कलेजले जानकारी दिएको छ ।

Share News