नेबिकोको सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा

<p>काठमाडौँ । नेबिको प्रालिले उपभोक्ताको चाहनालाई मध्ये नजर गर्दै सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ । विदेशबाट आयातित यो एटीसीमा प्याकेजिङ गरिएको यो बिस्कुट ३६० ग्रामको २ सय रुपैयाँमा बजारमा ल्याइएको छ । [&hellip;]</p>


काठमाडौँ । नेबिको प्रालिले उपभोक्ताको चाहनालाई मध्ये नजर गर्दै सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

विदेशबाट आयातित यो एटीसीमा प्याकेजिङ गरिएको यो बिस्कुट ३६० ग्रामको २ सय रुपैयाँमा बजारमा ल्याइएको छ । फेमेली प्याक भित्र दश वटा साना प्याक भएको हुँदा ग्राहकले खरिद पश्चात तुरुन्त खपत गर्नु पर्ने बाध्यता नरहने जनाइएको छ ।

उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवम् मधुमेह भएका तथा नभएकाहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलस्ट्रोल रहित उत्कृष्ट स्वादमा यो बिस्कुट उपलब्ध छ ।

नेबिको प्रालि विगत ५५ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री बितरण गरिरहेको ठूलो कम्पनी हो । सुगर फ्रि डाइजेष्टिभ बिस्कुट नेबिकोको उत्कृष्ट उत्पादन मध्ये एक हो । विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ यो ब्राण्ड लोकप्रिय भएको छ ।

Share News