
काठमाडौं । ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानको चौथो संस्करणको ग्राउण्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी रहेको छ । एक्टिभेसनको क्रममा कोक प्रेमिहरुले ५०० एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरुसँग आफ्नो भावनाहरु व्यक्त गरेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले २१ अक्टुबर भाटभटिनी सुपरमार्केट बौद्ध, २२ अक्टुबर भाटभटिनी सुपरमार्केट अनामनगर, २३ अक्टुबर भाटभटिनी सुपरमार्केट बालाजु, २४ अक्टुबर भाटभटिनी सुपरमार्केट कोटेश्वर र २५ अक्टुबरमा सेल्सबेरी चक्रपथमा कोका–कोलासँग आफ्नो भावना व्यक्त गर्ने जनाइएको छ ।
एक्टिभेसनमा अझ बढि रौनक थप्न लोकप्रिय नेपाली अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टुबरमा एक्टिभेसन हुने स्थानहरुमा भ्रमण गर्दैछिन् । त्यसबाहेक कोका–कोलाको ब्राण्ड एम्बेसेडर प्रियंका कार्की पनि २५ अक्टुबरमा सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा आउने कम्पनीले जनाएको छ ।
उनीहरुले भ्रमणको क्रममा आफ्नो फ्यानहरुसँग अन्तरक्रिया गर्नेछन् र उपभोक्ताहरुले उनीहरुसँग फोटो पनि खिच्न सक्नेछन् ।