कलंकी-थानकोट र नागढुंगा-नौबिसे सडक खण्ड मर्मत हुँदै, आज एकतर्फी मात्र सवारी सञ्चालन

<p>काठमाडौँ । कलंकी-थानकोट र नागढुंगा-नौबिसे सडक खण्डमा बुधबार एकतर्फी मात्र सवारी सञ्चालन हुने भएको छ । सडक विभागले सडक मर्मत कार्य गर्ने भएकाले कलंकी–थानकोट सडक खण्डमा बिहान ९ बजेदेखि र नागढुंगा–नौबिसे सडक खण्डमा दिउँसो १ बजेदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एकतर्फी सवारी साधन सञ्चालन हुने भएकाले ओभरटेक [&hellip;]</p>


काठमाडौँ । कलंकी-थानकोट र नागढुंगा-नौबिसे सडक खण्डमा बुधबार एकतर्फी मात्र सवारी सञ्चालन हुने भएको छ ।

सडक विभागले सडक मर्मत कार्य गर्ने भएकाले कलंकी–थानकोट सडक खण्डमा बिहान ९ बजेदेखि र नागढुंगा–नौबिसे सडक खण्डमा दिउँसो १ बजेदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
एकतर्फी सवारी साधन सञ्चालन हुने भएकाले ओभरटेक नगरी लेन अनुशासन पालन गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गरिदिने महाशाखा प्रमुख एसएसपी भीम ढकालले अनुरोध गरेका छन् ।

Share News