माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश प्रस्ताव पारित

<p>पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्ताव गरेको १६ प्रतिशतको लाभांश प्रस्ताव पारित भएको छ । शुक्रबार पोखरामा भएको बैंकको २१ औं वार्षिक साधारणसभाले ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । बैंकले दिएको ५ प्रतिशत बोनस शेयरमा करका लागि लाग्ने नगद लाभांश कटाएर बैंकले सम्बन्धीत शेयरधनीको [&hellip;]</p>

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्ताव गरेको १६ प्रतिशतको लाभांश प्रस्ताव पारित भएको छ । शुक्रबार पोखरामा भएको बैंकको २१ औं वार्षिक साधारणसभाले ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

बैंकले दिएको ५ प्रतिशत बोनस शेयरमा करका लागि लाग्ने नगद लाभांश कटाएर बैंकले सम्बन्धीत शेयरधनीको डिम्याट खातासँग लिंक भएको बैंक खातामा नगद लाभांश जम्मा गरिदिनेछ भने बोनश शेयर सूचीकरण भएसँगै सम्बन्धित शेयरधनीको डिम्याट खातामा आउनेछ । साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिविदनका साथै वार्षिक विवरणहरु समेत पारित भएको छ भो मर्जर वा एक्विजिसनसम्बन्धी निर्णय लिने प्रस्ताव सञ्चालक समितिलाई दिएको छ ।

लाभांश पारित भएसँगै माछापुच्छ्रे बैंक यो वर्ष साधारणसभा गर्ने चौथो बैंक बनेको छ । यसअघि सिटिजन्स बैंक, एनआईशी एशिया बैंक र कुमारी बैंकले पनि साधारणसभा गराई प्रस्तावित लााभांश पारित गरिसकेका छन् भने बाँकी ४ ओटा बैंकले साधारणसभा आह्वान गरिसकेका छन् । २० ओटा बैंकहरु भने लाभांश घोषणा र साधारणसभा आह्वानको प्रक्रियामा छन् ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद मुनाफा कमाउँदै २१.७ रुपैया प्रतिशेयर आम्दानी कायम गरेको बैंकले १६ रुपैंया शेयरधनीलाई वितरण गरेको हो । हाल ८ अर्ब ५ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकको बोनस शेयरपछि पुँजी बढेर ८ अर्ब ४५ करोड रुपैंया पुग्नेछ ।

हाल बैंकले देशभरमा १४० शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा बैंकिङ सेवा दिँदै आएको छ । ७ बैंकको हालसम्म १६२ ओटा एटीएम काउन्टर र ७ लाख ग्राहक रहेको बैंकले जनाएको छ ।

Share News