७३ हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सुन्दर महर्जनले पाए बजाजको मोटरसाइकल

<p>काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिङ मार्केट समापन भएको छ । पाँचदिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागी ७३ हजार अवलोकनकर्ता मध्ये सुन्दर महर्जनले बजाजको डिस्कभर मोटरसाइकल जितेका छन् । दशैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिस्कभर बाइक जितेका [&hellip;]</p>


काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिङ मार्केट समापन भएको छ ।

पाँचदिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागी ७३ हजार अवलोकनकर्ता मध्ये सुन्दर महर्जनले बजाजको डिस्कभर मोटरसाइकल जितेका छन् । दशैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिस्कभर बाइक जितेका हुन् ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल शपिङ मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए ।

आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार बितरण गरेको थियो । मार्केटलाई काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्धन गरेका थिए ।

Share News