म्हेपी बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व

<p>काठमाडौँ । म्हेपी वचत तथा ऋण सहकारी संस्था लि. को २३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । काठमाडौँ जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दिपक पनेरुले उक्त साधारण सभा उद्घाटन गरेका हुन् । सभाको सभापतित्व सञ्चालक समिति अध्यक्ष नारायणबहादुर श्रेष्ठले गरेका थिए । साधारण सभाले नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित [&hellip;]</p>

काठमाडौँ । म्हेपी वचत तथा ऋण सहकारी संस्था लि. को २३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । काठमाडौँ जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दिपक पनेरुले उक्त साधारण सभा उद्घाटन गरेका हुन् । सभाको सभापतित्व सञ्चालक समिति अध्यक्ष नारायणबहादुर श्रेष्ठले गरेका थिए ।

साधारण सभाले नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कैलाश देव, सचिवमा शालिकराम सापकोटा, उप सचिवमा कृष्णमान प्रधान, कोषाध्यक्षमा कमला रेग्मी सापकोटा, सदस्यहरुमा प्रज्ञारत्न शाक्य, रत्नशंकर जोशी, वीणा शाक्य र रजनी अधिकारी निर्वाचित भएका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णदास श्रेष्ठ र सदस्यमा ज्ञानी केसी तथा शिवकुमारी खतिवडा चयन भएका छन् । ऋण उप समिति समस्यमा अनिलकुमार श्रेष्ठ र नानुमैयाँ श्रेष्ठ निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

Share News