यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

<p>काठमाडौँ । एक महिलालाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले मंगलबार दिउँसो राजीनामा दिएका छन् । नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देश गरेपछि महराले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् । ‘सोमबारदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी [&hellip;]</p>


काठमाडौँ । एक महिलालाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले मंगलबार दिउँसो राजीनामा दिएका छन् ।

नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देश गरेपछि महराले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् ।

‘सोमबारदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’- महराले बुझाएको राजीनामापत्रमा उल्लेख छ ।

Share News