
काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षितगर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल जारी फेस्टिवल शपिङ मार्केटमा सेवाग्राहीको घुइँचो लागेको छ । चाडपर्वको समयमा एकै स्थानमा सस्तो मूल्यमा सामानकिन्नपाइने भएकाले सेवाग्राहीको घुइँचो लागेको हो ।
इभेण्ट सोलुसनप्रालिको आयोजनामा सञ्चालितमार्केट चार दिनमा ६० हजारले अवलोकन गरेका छन् । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार पहिलो दिनमा ११ हजारले अवलोकन गरेको मार्केट दोस्रो दिन १३ हजारले अवलोकन गरेका थिए । त्यस पछिका दिनमा विदा परेकाले शनिबार २१ हजार तथाआइतबार १५ हजारले मेला अवलोकन गरेका छन् ।
‘बजारमाभन्दा सस्तो मूल्यमा हरेक किसिमका सामानउपलब्धभएकाले मेलामा ग्राहकको घुइँचो लागेको हो । यसले हामीलाई उत्साहित बनाएको छ ।’ प्रधानले भने । ‘अफरै अफरको ब्यापारिक भेला,शपिगं गर्ने यहि हो बेला’भन्ने नाराका साथसुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु छन् ।
फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामानकिन्नेहरुलाई उपहार प्रदानगरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिनेछ । मोटरसाइकलको लक्की ड्र सोमबार साँझगरिने इभेण्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए ।
फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पलउद्यमी समूह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । एक्स्पोमा सुजल फुड्स अन्तरगतको सफल डेरीका सुजल ब्राण्डका उत्पादनको विशेष कारोबार भएको बताइएको छ । मार्केटलाई काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्र्धन गरेका छन् । असोज ९ गतेदेखि सञ्चालन भईरहेको फेस्टिवल सपिङ मार्केट सोमबार सकिँदैछ ।