सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीद्वारा सपथ ग्रहण, आइतबारबाटै सम्हाले पदभार

<p>काठमाडौँ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले आइतबार सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच असोज १० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख [&hellip;]</p>


काठमाडौँ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले आइतबार सपथ ग्रहण गरेका छन् ।

आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच असोज १० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल पूरा गरेका भण्डारीले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ बर्षको कार्यकालका लागि आइतबारबाटै पदभार ग्रहण गरेका हुन् ।

Share News