पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्दै

<p>काठमाडौं । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढमहिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको सङ्ख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए। “महिला पनि सचेत बन्न [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढमहिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।

समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको सङ्ख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए।

“महिला पनि सचेत बन्न थालेका छन्”, उनले भने, “पछिल्लो समय महिलाले आफ्नो नाममा जग्गा पास गर्ने गरेका छन् ।”
सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा २५ प्रतिशत छुटसमेत दिने गरेकाले पनि थप आकर्षण पैदा गरेको बताए ।

यसरी महिलाको नाममा जग्गा पास हुन थालेपछि महिला हिंसाका घटनापनि न्यूनीकरण हुने गरेका बताइन्छ । साथै मालपोतमा रजिष्टेशन पास गर्नेको सङ्ख्या पनि वृद्धि भएको छ । मालपोत अधिकृत न्यौपानेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म घोराहीबाट एक हजार २१२ घरजग्गा पास भएका छन् । जसमा ६२३ महिलाको सङ्ख्या छ भने ५८९ पुरुषको सङ्ख्या छ । रासस

Share News