
काठमाडौँ । बंगलादेशी मोटरसाइकल उत्पादक कम्पनी ‘रनर मोटरसाइकल’ को नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्स प्रालिले नेपालमा उक्त ब्राण्डका ८० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकल र ११० सीसीको स्कुटर विक्री गर्दै आइरहेको छ ।
कम्पनीले जनाए अनुसार एक लाख ५२ हजार रुपैयाँ देखि लिएर तीन लाख ९९ हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा विक्री हुँदै आइरहेका छन् ।
कम्पनीका विभिन्न ९ मोडेलहरु मध्येको ‘रनर हक’ नामक २०० सीसी अफरोड मोटरसाइकललाई ग्राहकले अत्यन्तै रुचाएको पाइन्छ ।
यस्तो छ मूल्य सूचि:
रमण मोटर्सले दशैं, तिहार तथा छठको उपलक्ष्यमा फेस्टिभल अफर पनि सार्वजनिक गरेको छ जसअन्तर्गत रनर मोटरसाइकलका कुनैपनि मोडेलको खरिदमा रु. २० हजारसम्म नगद छुट पाइनेछ ।
त्यसैगरी छठपर्व सम्ममा बाइक अथवा स्कुटर खरिद गर्ने प्रत्येक १०० जनामध्ये एकजना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाउने कुरा रमण मोटर्सका विजनेश डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले बताएका छन् ।
देशभर गरी करिव २५ स्थानमा डिलर रहेको रमण मोटर्सले सर्भिस र स्पेयर पार्टसको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र स्पट फाइनान्स सुविधा सहित विगत केहि वर्षदेखि नेपाली बजारमा मोटरसाईकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ ।