काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले असोज महिनाको ९ दिनमा नै ९१ वटा पसलमा अनुगमन गरेको छ । १ गते देखि ९ गतेसम्म गरेको ९१ वटा पसल मध्य २५ वटालाई कार्वही गरी ६ लाख ३० हजार जरिवाना गरेको छ ।
साउनको सुरुवातदेखि नै बजार अनुगमन गर्न थालेको विभागले झण्डै डेढ महिनामा विभिन्न स्थानका ४ सय पसलमा अनुगमन गरेको हो ।
अनुगमन गरिएका ४०१ पसलमध्ये १ सय ७४ पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । साउनदेखि असोज ९ गतेसम्म २४ लाख ४७ हजार जरिवाना गराएको छ ।
अनुगमनको क्रममा उपभोक्तालाई धेरै ठगेका ४५ वटा पसलमा शिलबन्दी तथा कारोबार नै रोक्का छ । २ वटालाई भने मुद्दा दायर गरेको छ ।
उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री मात्रृकाप्रसाद यादवले सरकारी संस्थानहरुको समन्वयमा ७३ स्थानमा सहुलियत मुल्य पसल सञ्चालन गरिएको बताए । उनले भने–‘असोज १३ गतेदेखि भेँडा च्याङ्ग्रा तथा खसीबोका बिक्री समेत सुरु हुनेछ ।’