सरकारले रुग्ण उद्योग नबेच्ने, निजी क्षेत्रसंग मिलेर सञ्चालन गर्ने

<p>काठमाडौं । सरकारले रुग्ण बनेर बसेका सबै उद्योगहरु निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ । ७ वटा रुग्ण उद्योगहरुलाई सरकारले सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हाे । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग र ओरियन्टल म्याग्नेसाइट, वीरगंज चिनी कारखाना, वीरगंज चुरोट कारखाना र विराटनगरको रगुपती जुटमिललाई सरकारले सञ्चालन गर्ने भएको हो [&hellip;]</p>

काठमाडौं । सरकारले रुग्ण बनेर बसेका सबै उद्योगहरु निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ । ७ वटा रुग्ण उद्योगहरुलाई सरकारले सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हाे ।

हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग र ओरियन्टल म्याग्नेसाइट, वीरगंज चिनी कारखाना, वीरगंज चुरोट कारखाना र विराटनगरको रगुपती जुटमिललाई सरकारले सञ्चालन गर्ने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ७ वटा उद्योग सञ्चालनको लागि प्रकृया अघि बढिसकेको जानकारी दिए । उनले भने-रुग्ण बनेर बसेको उद्योग सञ्चालनको लागि निजी क्षेत्र र विदेशी लगानीकर्ताले सञ्चालन गर्न मागिरहेको छन, तर सरकारले निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने बताए ।

‘हामी कुनै पनि रुग्ण उद्योग बेच्चे पक्षमा छैनाै‌‌‌‌, सरकारले बरु निजी क्षेत्रलाई लिजमा दिन्छौ‌‌’- उद्योगमन्त्री यादवले भने । सरकारले सञ्चालन गर्न हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना मन्त्रिपरिषद्बाट फिर्ता आएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थमन्त्रालयको सल्लाहमा फेरि प्रस्ताव बनाएर मन्त्रिपरिषद्मा पेश गरिनेछ । मन्त्रिपरिषदबाट गरी सञ्चालनको प्रक्रिया अगाडि बढ्ने बताए ।

Share News