विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने

<p>काठमाडौँ । विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले २४ शाखामा बैकिङ दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने प्रभु बैंकले जनाएको छ । असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको [&hellip;]</p>


काठमाडौँ । विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले २४ शाखामा बैकिङ दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने प्रभु बैंकले जनाएको छ ।

असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।

Share News