
काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ सेवा शुक्रबार बन्द हुने भएको छ ।
बबरमहलमा कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाले दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु पर्ने भएकाले शुक्रबार कारोबार बन्द हुने जनाइएको छ ।
बैंकका सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम/पीओएस सेवा, रेमिट्यान्स सेवा तथा विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवा लगायत सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।