अब एटीएम बुथमा अनिवार्य सुरक्षा गार्ड राख्नुपर्ने

<p>काठमाडौं । एटीएम मेशिनबाट नगद निकाल्नेर चोरी गर्ने बढेपछि देशभर संचालित एटीएम बुथमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ । एक महिनाको अवधिमा भारतीय एजेन्टसँग मिलेर नेपालीले र चिनियाँ नागरिकहरूले समेत एटीएम बुथबाट पैसा निकालेपछि राष्ट्र बैंकले निगरानी बढाउन सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने व्यवस्था गरेको हो । ‘अब एटीएम बुथहरुमा २४ घण्टा नै सुरक्षा [&hellip;]</p>

काठमाडौं । एटीएम मेशिनबाट नगद निकाल्नेर चोरी गर्ने बढेपछि देशभर संचालित एटीएम बुथमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ ।

एक महिनाको अवधिमा भारतीय एजेन्टसँग मिलेर नेपालीले र चिनियाँ नागरिकहरूले समेत एटीएम बुथबाट पैसा निकालेपछि राष्ट्र बैंकले निगरानी बढाउन सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने व्यवस्था गरेको हो ।

‘अब एटीएम बुथहरुमा २४ घण्टा नै सुरक्षा गार्ड राखेर विशेष निगरानी गर्नुपर्ने छ,’ शंकास्पद गतिविधि भएमा यथासक्य तोकेको पदाधिकारीलाई खबर गर्नुपर्छ,’ राष्ट्र बैंकको निर्देशिकामा उल्लेख गरिएको छ ।

यसअघि राष्ट्र बैंकले सबैतिर सीसी क्यामेरा र सुरक्षा गार्ड राख्नु पर्ने व्यवस्था गरेको थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग ३ हजार ३ सय १६ वटा एटिएम बुथ छन् । यसमध्ये अधिकांस बैंकिङ कार्यालयमा छन् भने कतिपय बेग्लै पनि राखिएका छन् ।

 

Share News