
काठमाडौँ । मेगा बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७५/७६ को नाफा र वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पूँजीको ११.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँ ७२ पैसा रहेको छ । उक्त चुक्ता पूँजीको ११.७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा नगद लाभांशका लागि प्रस्ताव गरिएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय भएको नायब महाप्रबन्धक तथा कम्पनी सचिव तुल्सीराम पोखरेलले जनाएका छन् ।