एकै दिन एक हजारले घट्यो सुनकाे मूल्य, प्रतितोला ७१ हजारमा कारोबार

<p>काठमाडौं । विहीबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ७२ हजारमा कारोबार भएको सुन एकै दिन एक हजार रुपैयाँ घटेर सो मूल्यमा विक्री भइरहेको छ । त्यस्तै विहीबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँबाट घटेर ७० हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी बुधबारको तुलनामा २५ रुपैयाँ कमि भई [&hellip;]</p>

काठमाडौं । विहीबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ७२ हजारमा कारोबार भएको सुन एकै दिन एक हजार रुपैयाँ घटेर सो मूल्यमा विक्री भइरहेको छ ।

त्यस्तै विहीबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँबाट घटेर ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी बुधबारको तुलनामा २५ रुपैयाँ कमि भई विहीबार प्रतितोला ८ सय ६५ रुपैयाँमा विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News