केएनपिद्वारा उत्पादित सेमि–इलास्टिक गुणयुक्त माइका मार्बल अब नेपाली बजारमा

<p>काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्राएको छ । यही असोज ८ गते होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको थियो । सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ [&hellip;]</p>

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्राएको छ । यही असोज ८ गते होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको थियो ।

सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको हो ।

यस पेन्टमा इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्दछ । ७ वर्षको ग्यारेण्टी रहेको यस पेन्टले घरको बाहिरी सुन्दरतालाई यथावत राखी सुरक्षा समेत प्रदान गर्नेछ ।

Share News