
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारण सभा(एजीएम) असोज ३० गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे एलिस रिसेप्सन गैह्रीधारा काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप बैंकको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर स्वीकृत गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १६ गतेदेखि असोज ३० गतेसम्म सेयरधनी दर्ता किता बन्द(बुक क्लोज) हुने बैंक अफ काठमाण्डूले जनाएको छ ।