
काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेदेखि हुने भएको छ । काठमाडौँ बबरमहलमा मुख्य कार्यालय भएको एनएमबि र पोखरा चिप्लेढुंगा मुख्य कार्यालय रहेको ओमबीच एकीकृत कारोबार हुने भएको हो ।
एनएमबिको साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव स्वीकृत गरेको थियो । गाभ्ने/गाभिने संस्थाहरुको साधारण सभाको निर्णय बमोजिम राष्ट्र बैंकबाट असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते स्वीकृति प्राप्त भएको जनाइएको छ ।
यता, ओमले जारी गरेका डेबिट कार्ड(भिजा कार्ड) असोज १० गतेसम्म मात्र चल्ने भएको छ । एनएमबी बैंकसँग एकीकृत कारोबार पछि विगतमा जारी भएका कार्डहरु असोज १० गतेसम्म पछि प्रयोगमा नआउने भएकाले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ कार्ड लिन ओम डेभलपमेन्ट बैंकले आग्रह गरेको छ ।