साउन महिनामा उच्च मूल्यवृद्धि, काठमाडौंको मूल्यवृद्धि थामिनसक्नु

<p>काठमाडौं । साउन महिनामा बस्तु तथा सेवाको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा उपभोक्ता मुन्रास्फीति ७ प्रतिशतको नजिक देखिएको हो । साउन महिनामा खाद्य तथा पेय पदार्थमा ८.०२ प्रतिशत र गैरखाद्य वस्तुमा ६.१२ प्रतिशत मुल्यवृद्धि हुँदा कुल मुद्रास्फीति ६.९५ प्रतिशत पुगेको हो । क्षेत्रगत आधारमा समीक्षा अवधिमा काठमाडौं उपत्यका [&hellip;]</p>

काठमाडौं । साउन महिनामा बस्तु तथा सेवाको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा उपभोक्ता मुन्रास्फीति ७ प्रतिशतको नजिक देखिएको हो । साउन महिनामा खाद्य तथा पेय पदार्थमा ८.०२ प्रतिशत र गैरखाद्य वस्तुमा ६.१२ प्रतिशत मुल्यवृद्धि हुँदा कुल मुद्रास्फीति ६.९५ प्रतिशत पुगेको हो ।

क्षेत्रगत आधारमा समीक्षा अवधिमा काठमाडौं उपत्यका महँगो देखिएको छ । काठमाडौं उपत्यकामा ८.३३ प्रतिशत मुल्यावृद्धि देखिँदा तराईमा ६.४६, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउन महिनामा ज्यालादर सूचकांक १३.४४ प्रतिशतले बढेको छ । यसको अर्थ कुल तलब तथा ज्याला यो आर्थिक वर्षदेखि औसत १३.४४ प्रतिशतले बढेको देखाउँछ ।

बाह्य क्षेत्रमा भने यो महिना उत्साहजनक पश्गति देखिएको छ । यो अवधिमा बस्तु निर्यातमा २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८४ पुग्दा आयात ११.५ प्रतिशतले घटेर १०६ अर्ब ७३ करोड रुपैंया पुगेको छ ।

साउन महिनामा रेमिट्यान्स भने २ प्रतिशतले मात्रै बढेर ७५ अर्ब ४० करोड पुगेको छ, अघिल्लो वर्ष यो ३३.१ प्रतिशतले बढेको थियो । उच्च आयात र कम निर्यातका बाबजुद पनि यो अवधिमा शोधनान्तर स्थिति भने बचतमा ६ अर्ब ५ करोडले बचतमा रहेको देखिएको छ । नेपालसँग १०६४ अर्बको विदेशी मुद्रा सिञ्चिति छ, यो सिञ्चितिले ८.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सकिन्छ ।

एक महिनाको अवधिमा १ अर्ब ४४ करोडको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको समेत राष्ट्र बैंकले जनाएको छ ।

Share News